लायन्स क्लब अफ पोखरा साङ्ग्रीलाले पोखरा, १३ आर्वा स्थित श्रीअमर ज्योति आधारभुत बिद्यालयका विद्यार्थी लाई न्यानो कपडा देखि स्टेशनरी सामग्री वितरण गरेको छ ।
सो अवसरमा क्लबले २४ थान न्यानो कपडा ज्याकेट, दुई थान भलिबल, कापी कलम, पेन्सिल, ईरेजर कटर आदि सामग्रि वितरण गरेको बिधालय व्यवस्थापन समिति सदस्य राजनकुमार सिग्देलले जानकारी दिए ।
क्लबका अध्यक्ष लायन इ. सन्तोष ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी ( जोन चियर्सपर्सन पवन कुमार जिसि थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रध्यायानाध्यापक बिमलबहादुर बरालले गरेका थिए ।
सो अवसरमा कार्यक्रम संयोजक ला. मोहन सिग्देल, लायन प्रतीक सुवेदी , लायन राजीब पौडेल लायन महेश भट्टचन, लायन अनिल परियार, लायन स्वयम वाग्ले शिक्षक विद्यार्थीहरुको उपस्थिति थियो ।















