घट्यो सेयर बजार, साढे ११ अर्बमाथिको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ ।

आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ । आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ ।

  • २५ माघ २०८२, आईतवार १६:०१ प्रकाशित