कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । अहिले बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको हो ।

विभिन्न तीन वटा एजेन्डामा छलफल गर्न बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको एक नेताले जानकारी दिए ।

उनकाअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने छ ।

  • २५ माघ २०८२, आईतवार ०७:५७ प्रकाशित