आईसीसी टी–२० विश्वकप

उद्घाटन खेलमा नेरल्याण्ड्सले पाकिस्तानलाई दियो १४८ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजदेखि सुरु आईसीसी टी–२० क्रिकेटको उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पार्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन जोडेको हो ।

नेदरल्याण्ड्सका स्कट एडवार्डले सर्वाधिक ३७ रनको योगदान दिए । पाकिस्तानका सलमान मिर्जाले तीन, मोहम्मद नवाज, अबरर अहमेद, सइम अयुवले दुई–दुई तथा शाहीन शाहले एक विकेट लिए ।

 

  • २४ माघ २०८२, शनिबार १४:१८ प्रकाशित