काठमाडौं ।
बरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
आज बिहान उपचारका क्रममा उनको ६८ वर्षको उमेरमा निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ । उनको निधनमा विभिन्न कलाकारले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।















