पोखरा ।
आज शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनार लगायतका विदेशी मुद्राको भाउ पनि घटेको छ । हिजो अमेरिकी डलरको भाउ घट्दा यी मुद्राको भाउ भने बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ थियो।
त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ९३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा थियो। त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा थियो।













