काठमाडौं ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गुमेको हो ।
साँझ दुर्घटना स्थलमै ६ जना र उपचारका क्रममा २ जनाको ज्यान गुमेको थियो । बैतडी अस्पताल भर्ना गरिएका थप ५ जनाको पनि ज्यान गुमेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते ३ जनालाई धनगढी रेफर गरिएको छ । अन्य २७ जना घाइतेको उपचार भइरहेको छ ।














