काठमाडौं।
राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको हो ।
निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन र प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोगले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको हो ।
प्रतिनिधि सभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको आयोगले अनुगमन गरिरहेको उनले बताए । आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमनरपर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको छ ।
छलफलका सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।
















