पोखरा ।
पोखरामा महाशिवरात्रीको अवसरमा विश्वसंगीत महोत्सव आयोजना हुने भएको छ ।
नमस्ते ब्यान्डको ३७ औं वार्षिक उत्सव र नेपाल जापान मैत्री सम्बन्धको ७० वर्षको उपलक्ष्यमा १९ औं महाशिव रात्री विश्वसंगीत महोत्सव २०२६ को आयोजना हुन लागेको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
आगामी फागुन ३ गते पोखराको लेकसाइडस्थित क्यामपिङ्ग साईडमा विश्वसंगीत महोत्सव सञ्चालन हुने नमस्ते ब्यान्डका संयोजक ईश्वर गुरुङ्गले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसअघि ब्यान्ड फागुन १ गते काठमाडौंमा महोत्सव हुने र मार्च महिनामा जापानको टोकियोमा हुने संयोजक गुरुङले बताए ।
नमस्ते ब्यान्डले भिजिट नेपाल ९८ को अवसरमा विश्वको अग्लो स्थानमा र्वल्ड हाईयेष्ट पिस कन्सर्ट गरेर गिनिज र्वल्ड नोमिनेशन रच्न सफल भएको थियो ।
यस्तै पर्यटन वर्ष १९९८ को अवसरमा नेपालमै पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची महाकाली संगीत यात्रा सन्देश गरेको थियो ।














