बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ । ९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार गराइरहेका उनको त्यहीं निधन भएको थियो ।

अन्त्येष्टिमा प्रलोपाका नेता-कार्यकर्ताहरु सहभागी भएका थिए । अन्य राजनीतिक दलका उच्च तहका नेताहरु भने सहभागी भएका थिएनन् ।

  • २२ माघ २०८२, बिहीबार १३:२८ प्रकाशित