काठमाडौं ।
विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । उनीहरुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको गरेको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि, श्रीओम अटो ल्युब प्रालि, आर्कटिक कन्स्ट्रक्सन प्रालि, ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रालि, अग्रिम/लङभिजन/धनलक्ष्मी जेभी लगायत छन् ।
कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।














