जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले रूपा रिङ्गरोड सडकको आज बुधबार अनुगमन गरेको छ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय ,भौतिक पूर्वाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ गते करिब ४७ करोड १८लाख ९१ हजार लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो।

बिबि आर कन्स्ट्रक्सन जे भिले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ।हालसम्म २६ करोड ८१ लाख ५० हजार ७६३ भुक्तानी भएको सो सडकको ५० प्रतिशत भौतिक र ५६ प्रतिशत वित्तीय प्रगती भएको जनाइएको छ ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गरे ।

भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले सो आयोजनामा रकम अभाव नरहेको र हालसम्म कुनै व्यवधान नआएको अवस्थामा समयमै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको उल्लेख गरे ।

प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उपप्रमुख सरिता माल,सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहित विभागीय कार्यालयका इन्जिनियर,प्राविधिक ,कर्मचारी सहित सरोकारवाला उपभोक्ताको सहभागितामा अनुगमन सम्पन्न गरिएको हो।

  • २१ माघ २०८२, बुधबार १६:४६ प्रकाशित