एमालेको चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनावी घोषणा पत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेले घोषणा पत्रमा केके विषय समेटिनेछन् भन्नेबारे पनि जानकारी गराएका छन् ।

‘हामी घोषणा पत्र तयारीमा छौं । चाँडै नै यो सार्वजनिक हुनेछ । नेकपा एमालेले राष्ट्रियहित, स्वतन्त्रताको, स्वाभिमानको सबाल, राष्ट्रियताको सबाललाई जोड दिन्छ,’ उनले भने, ‘घोषणा केन्द्र आउँदा यी विषय केन्द्रित हुन्छ । सामाजिक सद्भाव कायम गर्ने कुरालाई एमालेले जोड दिन्छ । विकास निर्माणसँग जोडिएका आयोजनामा हामी केन्द्रित हुन चाहन्छौं ।’

उनले सुशासनसँग जोडिएका कुराहरू भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा, रोजगारलगायत विषय घोषणा पत्रमा समेटिने बताए ।

‘संविधान संशोधनका कुराहरू पनि समेटिनेछन् । हामी बोल्छौं । यसपटकको घोषणामा पृथक ढंगले हामी प्रस्तुत भएको पाउनुहुन्छ,’ उनले भने, ‘कुन काम, कति बेला, कसरी गर्छौं भन्ने कुरा खुलाएर घोषणा पत्र लिएर आउछौं ।’

  • २१ माघ २०८२, बुधबार १४:११ प्रकाशित