भिरबाट लडेर निर्वाचन प्रहरीको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

बैतडी ।

एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको ज्यान गएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।रासस

  • २१ माघ २०८२, बुधबार ११:३९ प्रकाशित