पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा थियो । अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा छ । हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ०७ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९१ रुपैयाँ १९ पैसा थियो ।













