काठमाडौं ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ ।
निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन् । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ ।
प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती उच्च अधिकृतको अनुसार सेनाले मागअनुसार हतियार दिन स्वीकृत गरेको छ । सेनाबाट सापटी लिइने पेस्तोल प्रदेशमा पठाइने र त्यहाँबाट आवश्यकता अनुसार प्रयोग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनी प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो ।















