पाल्पाका २९ मतदानस्थल अतिसंवेदनशील

केन्द्रभाग मिडिया

पाल्पा ।

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार क्षेत्र नं २ मा ९ वटा अतिसंवेदनशील निर्वाचनस्थल रहेका छन् ।

क्षेत्र नं १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्य रहेको प्रजिअ बज्राचार्यले बताइन । क्षेत्र नं २ मा संवेदनशील २६ र सामान्य ३१ वटा मतदानस्थल रहेका छन् । पाल्पा क्षेत्र नं २ मा जम्मा ६६ वटा निर्वाचन स्थल रहेका छन्

जिल्लाभर रहेका ११८ निर्वाचन स्थलमा प्रत्येक केन्द्रमा एकदिख पाँचवटासम्म मतदान केन्द्र रहेका छन् ।वि.स २०७९ को निर्वाचनमा जिल्लाभर २४६ वटा मतदान केन्द्र रहेकोमा अहिले बढेर २५१ वटा पुगेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । मतदाता सङ्ख्या बढेका कारण मतदान केन्द्र थप भएको उनले बताए ।

पाल्पामा हाल दुई लाख सात हजार ४३६ जना मतदाता छन् । २०७९ तुलनामा ६ हजार ११० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • १८ माघ २०८२, आईतवार १३:१७ प्रकाशित