अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ । अरु सबैजसो विदेशी मुद्राको विनिमयदर पनि आज स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो । आज युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ ।

त्यसैगरि आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ । आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा छ ।

  • १८ माघ २०८२, आईतवार १०:५२ प्रकाशित