काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।
पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो दल पहिलो बन्ने बताएका हुन्।
उनले केही शक्तिहरू निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोसिसमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन् ।
प्रत्यक्षतर्फ पार्टी पहिलो हुने अवस्था देखिए पनि समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना कम रहेको उनको भनाइ छ ।















