झापा–५ मा कुनै जोखिम छैन, सुरक्षित छौं : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।

सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे ।

‘होला सोसल मिडियामा हुने हल्लाखल्लाले एक खालको प्रभाव त पारेको छ । तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा पनि सुरक्षित अवस्थामा छौं,’ पोखरेलले सुनाए, ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ ।’

झापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् ।

  • १६ माघ २०८२, शुक्रबार १३:२४ प्रकाशित