पोखरा ।
चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको रात्री बस घुमाउने भन्ने स्थानमा आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको हो ।
घाइतेहरुको विभिन्न सामान्य अवस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक पुरीले बताए ।
बस पल्टिएपछि अवरुद्ध भएको सडक अहिले खुलिसकेको छ ।














