पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको युरो र पाउन्डको भाउ आज पनि बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा छ । विगत केही दिनदेखि स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो ।
हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा थियो । गएको सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०१ रुपैयाँ ८९ र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ७६ र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा थियो ।
आज युरो १ को खरिदर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा छ । हिजो युरो १ को खरिदर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर १०२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०३ रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३९० रुपैयाँ ३४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५ पैसा थियो ।
आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ८९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा थियो ।













