काठमाडौं ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५।३८ अंकमात्र बढेको छ ।
सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको थियो । बुधबार भने ११ अर्ब ४९ करोड रुपैयाँ मात्रै कारोबार भएको छ ।
तर, पछिल्ला दिनमा नेप्सेमा १० अर्बभन्दा बढीको कारोबार भइरहेकाले बजारमा चुनावी उत्साह कायमै रहने संकेत गर्छ ।मंगलबार २७२६.५१ बिन्दुमा बन्द भएको बजार बुधबार भने २७३१.८९ अंक पुगेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका १ सय ४१ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय १२ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।














