पोखरा ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । आज (बुधबार) बिहान पश्चिम नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधारणतया बादल लाग्नेछ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमाहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।














