अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ घटेको छ । तर, युरो, पाउन्डसहितका मुद्राको भाउ आज पनि बढेको छ । विगत केही दिनदेखि युरो र पाउन्डको भाउ निरन्तर बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकले आजकका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

विगत तीन दिनदेखि उच्च मूल्यमा स्थिर रहेको अमेरिकी डलरको भाउ आज घटेको हो । त्यसैगरि आज युरो १ को खरिदर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा छ । हिजो युरो १ को खरिदर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ७६ र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ६५ र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ १२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ०८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ०५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा थियो ।

  • १४ माघ २०८२, बुधबार ०८:०० प्रकाशित