चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाउन माग

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन्।

उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन ।

घाँटीमा मालाझैँ लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् ।

उनले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्नुहुँदै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारसमक्ष आग्रह गरिन् ।

  • १३ माघ २०८२, मंगलवार १४:४६ प्रकाशित