आज र भोलि यी स्थानमा हुनेछ हिमपात र वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यो क्रम बुधबारसम्म नै रहनेछ ।

विभागले नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिएको जानकारी दिएको हो । महाशाखाका अनुसार आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना छ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको समेत सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले भनेको छ ।

  • १३ माघ २०८२, मंगलवार ०८:१४ प्रकाशित