पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । विगत तीन दिनदेखि अमेरिकी डलरको बिनिमयदर यही छ।
त्यसैगरि आज युरो १ को खरिदर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा छ। हिजो युरो १ को खरिदर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ६५ र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ३२ र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ। हिजो र अस्ती पनि बहराइन दिनारको विनिमयदर यही थियो।















