आज १६ अर्ब ३५ करोडमाथिको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ३.०७ अङ्कले घटेर २७६९.०९ विन्दुमा कायम भएको छ ।

बजारमा झिनो गिरावट आए पनि कारोबार रकम भने निकै उत्साहजनक देखिएको छ। आज कुल ३३२ कम्पनीको ३ करोड ६२ लाख कित्ता खरिद बिक्री हुँदा १६ अर्ब ३५ करोड बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

  • १२ माघ २०८२, सोमबार १६:०४ प्रकाशित