धादिङमा ढिस्कोले पुरिएका दुई जनाको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा माटोको ढिस्को खसेर पुरिएका दुई जनाको उद्धार गरिएको छ ।

स्थानीयको घर प्लास्टर गर्ने क्रममा ढिस्कोले पुरिएका दुई जना पुरुषलाई गजुरीबाट खटिएको सैनिक टोलीले उद्धार गरेको हो ।

भैरव दल गणको टोलीले उद्धार गरेर उनीहरुलाई थप उपचारको लागी मलेखुस्थित टिचिङ अस्पतालमा पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • १२ माघ २०८२, सोमबार १२:४३ प्रकाशित