अमेरिकी डरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (सोमबार) अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलरको बिनिमयदर यही थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ९२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिदर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा छ । हिजो युरो १ को खरिदर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर २०० रुपैयाँ ३२ र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ । हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।

  • १२ माघ २०८२, सोमबार ०७:२७ प्रकाशित