काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार चारसय रुपैयाँले बढेर ३ लाख तीन हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा खरिदविक्री भएको थियो ।
आज चाँदी २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।















