पोखरा ।
आज (शनिबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ उच्च दरमा बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजक लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
बिहीबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा पुगेर शुक्रबार केही घटेको थियो । हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा छ। हिजो युरो १ को खरिदर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा छ । अस्ट्रेलियन डलरको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ३२ र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा थियो ।















