रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रौतहट ।

रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।

गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतोको ज्यान गएको हो ।

तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी काघर्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

  • ९ माघ २०८२, शुक्रबार १५:५३ प्रकाशित