प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।

साथै ५ जना उम्मेदवारविरूद्ध दाबी विरोध परेको र त्यसमध्ये एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

आयोगका अनुसरा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको हो ।

  • ९ माघ २०८२, शुक्रबार १५:३६ प्रकाशित