आयोगले उम्मेदवारको सूचीबाट हटायो बाबुराम भट्टराईको नाम

केन्द्रभाग मिडिया

काठमाडौं।

निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ ।

भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए ।

निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिए ।

भट्टराईले माघ ६ गते प्रगतिशल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए ।

  • ९ माघ २०८२, शुक्रबार १४:३४ प्रकाशित