घट्यो अमेरिकी डलरको भाउ, बढ्यो अस्ट्रेलियन डलरको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

आज (शुक्रबार) अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरको भाउ भने बढेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा थियो । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ३२ र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९६ रुपैयाँ ४० र बिक्रीदर १९७ रुपैयाँ २१ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा छ। हिजो युरो १ को खरिदर १७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७९ रुपैयाँ २० पैसा र बिक्रीदर ४८१ रुपैयाँ १७ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९५ पैसा थियो ।

  • ९ माघ २०८२, शुक्रबार ०७:३७ प्रकाशित