नेसनल प्याव्सन कास्कीको विद्यार्थी अभिमुखीकरण कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सन कास्कीले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विहिवार पोखरा २६ को नमस्ते प्यार्टी प्यालेसमा शैक्षिक सत्र २०८२ मा कक्षा १० अध्ययन गर्दै गरेका आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

नेसनल प्याव्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संयुतm राष्ट्र संघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउनका लागि अपनाउनु पर्ने तरिकाहरु, प्रगतिका बाधकहरु र तिनका समाधानका उपायहरु समेत वताउँदै अभिमुखीकरण कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाई प्रकृयालाई कसरी थप प्रभावकारी कसरी बनाउने भन्ने वारेमा मन्तव्य दिएका थिए ।

नेसनल प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी,केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले शुभकामना दिएका थिए । इच्छुक सहभागीहरुले आआफ्ना प्रतिक्रिया राखेका थिए । कार्यक्रम सञ्चालन उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रम माथि प्रकाश परेका थिए । उक्त अवसरमा नयाँ सदस्य विद्यालयहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो

  • ८ माघ २०८२, बिहीबार १६:४६ प्रकाशित