काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से परिसूचक २७१४ अंकमा कायम भएको छ । आज कारोबारका क्रममा अन्तिम आधा घण्टामा बजार बढेको हो । अघिल्लो दिन बजार ९.४३ अंक घटेको थियो ।
कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७ करोडको भयो ।१६२ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने १० को स्थिर रह्यो ।















