काठमाडौं ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । डा.बास्तोलालाई टेकु अस्पताल पठाउने निर्णय केही दिनअघि नै गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्माले जानकारी दिइन् ।
स्वास्थ्य मन्त्रालयमा तानेर फाजिलमा राखिएका बास्तोलालाई अनुभव अनुसारको जिम्मेवारी दिएर टेकु पठाइएको मन्त्री शर्माले बताइन् ।
‘लामो समय टेकु अस्पतालमा काम गरेर अनुभव बटुल्नुभएको डा.अनुपलाई मन्त्रालयमा ल्याएर फाजिलमा राखिएको थियो । हामीले उहाँलाई अनुभव अनुसारको जिम्मेवारी दिएर पठाएका छौँ’ मन्त्री शर्माले भनिन् ।
यसअघि यस अस्पतालको निर्देशक रहेका डा। युवानिधि बसौलालाई गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो । डा.बसौलाको सरुवा भएपछि रिक्त रहेको निर्देशक पदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा।बास्तोलालाई नियुक्त गरेको हो ।














