पोखरा महानगरपालिका स्तरीय कृषि जैविक विविधता मेला सम्पन्न

केन्द्रभाग मिडिया

 

पोखरा ।
पोखरा महानगरपालिका स्तरीय कृषि जैविक विविधता मेला २०८२ सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा बुधबार पोखरा ३१ सुन्दरी डाँडामा मेला भएको हो । मेलामा स्थानीय रैथाने जातका उत्पादन प्रदर्शनी गरिनुका सार्थ जैविक विविधताको विषयमा बहस गरिएको थियो ।

स्थानीय उत्पादन, जात, प्रविधि र सिप हराउँदै गएकाले यसको महत्व जगाउन मेला गरिएको पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीयले उत्पादन गरेका रैथाने बाली र विविधता कस्तो छ भन्ने अध्ययन पनि जैविक विविधता मेलामा गरिएको उनले बताए । रैथानी बालीको प्रवर्धन गरिनुका साथै कृषि जैविक विविधता मार्फत यहाँको पर्यटन प्रबर्धन गर्ने, बजार व्यवस्थापन गर्ने र अर्थतन्त्र चलायमान गराउन मेला उपयोगी हुने उनको भनाई छ । मेलाले कृषकलाई उत्पादनमा प्ररित गर्ने उनले विश्वास प्रकट गरे ।

प्रदर्शनीमा सहभागी स्मार्ट बहुउद्देस्यीय कृषि फार्मकी सञ्चालक मैना थापाले मेलाले उत्पादनको बजारिकिकरणमा सहयोग पुगेको बताइन् । आफैले डेढसयमुरी अनदी धान फलाएको जानकारी दिएकी उनले रैथाने बालीको माग रहेको उल्लेख गरिन् । उनले आफ्नो बारीमा झण्डै ५ सय कोसा फलेको केराको घरीसहित अन्य उत्पादन प्रदर्शन गरेकी थिइन् ।

जैविक विविधता मेलामा आयोना गरिएको कृषि सवालमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव बासुदेव रेग्मी, जैविक स्रोत संरक्षण अभियानका अध्यक्ष लेखनाथ ढकाल, लिबर्ड पोखराका बेनीबहादुर बस्नेत, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जैविक विविधताको महत्व, कृषि र यसको बजारिकिकरणको विषयमा बहस गरेका थिए भने, पत्रकार डा. रामचन्द्र बरालले बहस कार्यक्रमको सहजिकरण गरेका थिए ।

  • ७ माघ २०८२, बुधबार २२:०५ प्रकाशित