बुधबार सबैजसो विदेशी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । यी मुद्राको भाउ मंगलबार पनि बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७८ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा छ । हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ५६ र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ५७ र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा थियो ।

 

  • ७ माघ २०८२, बुधबार ०८:१४ प्रकाशित