पोखरा ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन वटा निर्वाचन क्षेत्रमा गरेर ४८ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६, निर्वाचन क्षेत्र नम्बर २ मा १७ जना र निर्वाचन क्षेत्र नम्बर ३ मा १५ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खड्कराज पौडेल (गनेस), उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा, श्रम संस्कृति पार्टीबाट बिलबहादुर तामाङ, विप्लव नेतृत्वको नेकपा माओवादीबाट कुमार परियार, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसन पार्टीका श्रीमान थापा मगर, नेपाल मानवतावादी पार्टीबाट आशबहादुर दमै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुराम थापा, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर दर्जी, नेसनल रिपब्लिक पार्टीबाट यज्ञबहादुर गुरुङ, आम जनता पार्टीबाट हर्कबहादुर थापा र स्वतन्त्रबाट कृष्णबहादुर राउतले उम्मेदवारी दर्ता गरेका हुन् ।
कास्की–२ मा १२ वटा राजनीतिक दलबाट र ५ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । कास्की २ मा नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, एमालेका रस्मी आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा (आमोद), रास्वपाबाट उत्तम पौडेल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राप्रपाबाट हेमजङ गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका विनिता अवाल, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल कम्युनिष्ट पार्टीबाट (माओवादी) बाट प्रेमबहादुर थापा र नेसनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा विष्णुप्रसाद तिवारी, निरञ्जन कोईराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य र वसन्तराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा १५ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेको कास्की–३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेसबाट मनोज गुरुङ, एमालेबाट दामोदर पौडेल (बैरागी), नेकपाबाट गोपाल गिरी, रास्वपाबाट बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अर्जुनप्रसाद खनाल, नेपाल मात्रिभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट कमल खड्का विश्वकर्मा, आम जनता पार्टी (आजपा) बाट कुसल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाईजेनबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतु र श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले उम्मेदवारी दिएका छन् ।















