कास्की–१ मा कांग्रेसका तिलकले दर्ता गराए उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट तिलक रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित र्‍याली लिएर रानाभाट निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उनले कास्की क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा विधिवत् रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

  • ६ माघ २०८२, मंगलवार १६:५३ प्रकाशित