काठमाडौं ।
पूर्व आईजीपी सर्वेन्द्र खनालले बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
समुन्नत नेपाल पार्टीका सभापति रहेका खनालले मंगलबार बारा क्षेत्र नम्बर–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर चुनावमा होमिएको छ । सो दलले बाँसुरी चुनाव चिन्ह आफ्नो निर्वाचन चिन्ह राखेको छ ।















