देवेन्द्र पौडेलले नवलपरासी-२ मा गराए उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । परासीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग पौडेलले भने, ‘मलाई जनताले विश्वास गरी यहाँ चुनावमा प्रतिस्पर्धा गर्दैछु,’ उनले भने, ‘यहाँका समस्या समाधानमा मेरो पहिलो भूमिका रहनेछ ।’

पौडेल यसअघि बागलुङ क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए ।

  • ६ माघ २०८२, मंगलवार १६:४८ प्रकाशित