काठमाडौं – १ मा कांग्रेसका बाबुराम बने बागी उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ १ मा बाबुराम आचार्य बागी उम्मेदवार बनेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका आचार्यले टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हुन् ।कांग्रेसले त्यहाँ प्रबल थापालाई उम्मेदवार बनाएका छन् । त्यहाँबाट प्रकाशमान सिंह र आचार्यसहित सिफारिस भएका थिए ।

तर सिफारिसमा नै नपरेका थापालाई उम्मेदवार बनाइएपछि आचार्यले बागी उम्मेदवार बनेका हुन् ।

  • ६ माघ २०८२, मंगलवार १६:२६ प्रकाशित