गोरखा–१ मा सुदन गुरुङले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि गुरुङ र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनी आफ्नो मौलिक पहिरनमा उम्मेदवारी दर्ता गर्न पुग्दा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

  • ६ माघ २०८२, मंगलवार १६:१० प्रकाशित