निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर २ बाट दर्ता गरे उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

उनको स्थायी घर भने दोलखा हो ।

  • ६ माघ २०८२, मंगलवार १६:०३ प्रकाशित