काठमाडौं ।
मंगलबार दिउँसो ३ बजेसम्म देशभर ११ सय ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले ३ बजेसम्म देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेको संख्या १ हजार १९५ जना पुगेको जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण भइरहेको छ । आयोगले उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि ५ बजेसम्म तोकेको छ ।
यद्यपि साँझ ५ बजेसम्म लाइनमा बस्नेलाई जतिसुकै समय लागे पनि दर्ता गराउन दिने तर पाँच बजेपछि कार्यालयमा प्रवेश गर्न नपाइने जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै छ ।















